बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त

कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन्।

अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।

‘आज दिउँसो मेरो कोभिड–१९ परिक्षणको रिपोर्ट नेगेटिभ आयो। मैले तपाईहरुसँग भनेको थिएँ, म यसलाई हराइदिन्छु। म र मेरो परिवारका लागि तपाईहरुले गर्नुभएको प्रार्थनाका लागि धन्यवाद। नानावटी अस्पतालका डाक्टर र नर्सिङ स्टाफप्रति धेरै धेरै आभार’, उनले ट्वीटरमा लेखेका छन्।

अभिषेक २८ दिनपछि कोरानामुक्त भएका हुन्। कोरोना भाइरसको संक्रमण भएपछि अभिषेकका साथै उनका उनका बुवा अभिषेक बच्चन गत जुलाई ११ गते नानावटी अस्पताल भर्ना भएका थिए।

बच्चन परिवारका चार जनालाई कारोना भाइरसको संक्रमण भएको थियो। अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या यसअघि नै कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।


Abhishek Bachchan@juniorbachchan
A promise is a promise! This afternoon I tested Covid-19 NEGATIVE!!! I told you guys I’d beat this.

💪🏽

thank you all for your prayers for me and my family. My eternal gratitude to the doctors and nursing staff at Nanavati hospital for all that they have done.

🙏🏽

THANK YOU!