काठमाडौंमा ५१ सहित कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिए, मृत्यु हुनेको संख्या ५८ पुग्यो

कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

सोमबार बिहान करिब साढे ११ बजे श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनलाई कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए।

उपचाररत उनको सोमबार बिहान नै कोरोना भाइरस संक्रमण परिक्षणको लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट आउनु अगाडि नै उनको मृत्यु भएको अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले जानकारी दिए। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।