कार्यशैलीमा सुधार गर्न मातहतका निकायलाई गृहमन्त्री बादलको निर्देशन

Home Minister Ram Bahadur Thapa speaks at a programme in Kathmandu, on Tuesday, December 25, 2018. Photo: RSS

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयले तय गरेको निति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु आधारभुत रुपमा सफलता प्राप्त ग¥यौँ तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौँ । त्यसैले आगामी दिनमा अहिलेका कमजोरीहरु सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस् ।”
अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमामात्रै काम सक्ने परिपार्टीको अन्त्य गर्न उनले निर्देशन दिए ।

राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारीलिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएकोे टिप्पणी गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशिल भएरै निर्वाह गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।

उनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दैै त्यस्ता कार्य दोहरीए कारवाही गर्ने चेतावनी समेत दिए ।गृहमन्त्री थापाले अहिले सिमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सिमामा पाँच सय बिओपी स्थापनाको प्रकिया अगाडी बढाएको भन्दै त्यसका लागि आवश्यक स्रोत साधानका लागि पहल भईरहेको जानकारी दिए ।