अध्यक्ष प्रचण्ड पक्षधर सात स्थायी समिति सदस्यद्धारा अध्यक्ष ओलीलाई सघाउने सहमति, बालुवाटारमा गोप्य वार्ता

प्रधानमन्त्री निवास वालुवाटारः फाइल फोटो, प्रदेशखवर

पार्टीभित्र शक्तिशाली बन्दै गएका भनिएका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरुलाई गए राती बालुवाटारमा बुधवार साँझ छलफल गरेको बिबरणहरु बाहिर आएकाछन् । सो विवरणसँगै अर्का अध्यक्ष प्रचण्ड तनाबमा रहेका बेला उनले पनि आफुसँगबाट टाढिएकाहरुलाई आफैंसँगै राख्ने कोसिस गरेको समाचार स्रोतले बताएको छ । समाचार स्रोेतका अनुसार आफूप्रति सद्भाव राख्ने पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरुसँग ओलीले सामूहिक छलफल गरेसँगै दाहालले पनि बिहिवार साँझ बोलाएर आफुलाई सघाउन आग्रह गरेका छन्।

स्रोतका अनुसार बालुवाटारको भेटमा पूर्वमाओवादी तर्फका गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाफी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणि खनाल र मणि थापा सहभागी थिए।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्र उत्पन्न भएको विवाद सतहमा पुगेको छ। भेटमा ओलीको दुवै पदबाट राजीनामा मागिएको विषयमा छलफल भएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा मागिएको विषयलाई प्रतिवाद गर्न नेताहरुसँग आग्रह गरेका थिए। यसअघि पूर्वमाओवादी नेताहरुसँग ओलीले व्यक्तिगत रुपमा भेट गर्दे आए पनि बुधबार भने पहिलोपटक सामूहिक रुपमा छलफल गरेका हुन्।

स्रोत अगाडि भन्छः अध्यक्ष ओलीसँगको भेटमा नेताहरुले अहिलेको अबस्थामा सरकार र पार्टीको नेतृत्व नछोड्न र पार्टीमा देखिएको समस्याको समाधान महाधिवेशन मार्फत छिटो हल गर्न सुझाएका छन् ।

बुधबार राति ओलीलाई भेटेको सूचना पाएपछि बिहीबार साँझ अर्का अध्यक्ष प्रचण्डले पनि तीनै नेताहरुसँग खुमलटार बोलाएर छलफल गरेका हुन्। आफू निकट मानिएका पूर्वमाओवादी नेताहरु नै ओलीको कित्तामा पुगेपछि दाहाल दबाबमा परेका छन्।

खुमलटारको भेटमा नेताहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल, मणि थापा, देवेन्द्र पौडेल र जनार्दन शर्मा सहभागी थिए।

खुमलटारमा पनि दाहालले नेताहरुलाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा नेताहरुले पार्टी एकता जोगाउन अहिलेको अवस्थामा ओलीसँग मिलेर अघि बढ्न सुझाव दिएका छन्।

भेटमा सहभागी एक नेताले भने, ‘हामीले अहिले परिस्थितिमा पार्टी एकता जोगाउन ओलीजीसँगै मिलेर अघि बढ्न सुझाव दियौँ। महाधिवेशनसम्म समिकरण बनाउन भन्दा मिलेर जान सुझाव दियौँ।’

सार्वजनिक रुपमा पनि भट्ट, रायमाझी र थापाले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनु पर्ने धारणा राख्न थालेका छन्।

साउन १३ गते बोलाएको स्थायी कमिटी बैठक ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि अर्को बैठक अनिश्चि बनेको छ। दाहाल नेपाल पक्षका बहुमत सदस्यले स्थायी समिति बैठक राखेको बताए पनि विवादमा परेको छ।