बुधबार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, १४ हजार २१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका थिए ।
त्यसैगरी काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।
यसअघि मंगलबार मात्र काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।











