आज १३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

आज थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, ७५ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको छ ।