कारागारकी एक बन्दीको मृत्यु

वीगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए ।

लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् ।