बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल-एपीएफका वरिष्ठ उपरिक्षक-एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ।
अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक-एसपी जिवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरिएको पुष्टी गरे।
एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको श्रेष्ठले जानकारी दिए। घटना बुधबार बिहानको भएको बताइएको छ। अधिकारीको मंगलबार मात्र शसस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा सरुवा भएको थियो। उनी एक वर्षयता लामापाटनमा थिए।
पिडित भनिएकी महिला चितवन घर भई पोखरा बस्ने गरेको बताइएको छ। अधिकारी स्याङ्जाका हुन्।