भारतबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले २५ किलो अबैध चाँदीसहित दुई जनालाई बुधबार दिउसो पक्राउ गरेको छ।
अवैध चाँदीका गर गहनासहित पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ईन्द्रदेव प्रसाद यादव र प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वकिल अंसारी रहेका छन्।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटेको प्रहरी टोलील भारतबाट ना ६१ प ७२०४ नम्बरको सुजुकी मोटरसाइकलमा बोकेर ल्याउदै गरेको अवस्था उक्त परिमाणको अवैध चाँदीसहित कलैय ११ स्थित कलैया मटिअर्वा सडक खण्डबाट पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।
पक्राउ परेका दुबैजनालाई चाँदीसहित आवशयक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइने मिश्रले बताए।











