दुई अध्यक्षबीच ३ घण्टा वार्ता, छलफललाई निरन्तरता दिने सहमति

बुधबार नेकपा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । तीन घण्टासम्म भएको वार्तामा छलफललाई निरन्तरता दिन सहमति भएको बताइएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास जारी राख्नेगरी आजको बैठक सकिएको  सकिएको बालुवाटार श्रोतले बतायो । पार्टीमा देखिएको बिवादलाई कसरी हल गर्ने भन्नेमा अझै नेताहरु निस्कर्षमा पुग्न सकेका छैनन् ।

साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको वार्तालाई निकै महत्वका साथ हेरिएको थियो ।

वान-टु-वान भनिएको वार्तमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएको नेकपाका एक सचिवालय सदस्यले बताए ।