
सोमबार नेपालभर थप १४४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ भने कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमे बताए । उनले
सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको जानकारी दिए ।
आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।
संक्रमितको विवरण :
झापा– ४
मोरङ –१
सुनसरी –१
सप्तरी – १
धनुषा – २७
महोत्तरी – ४
काठमाडौं – ३
कपिलवस्तु – ९
भक्तपुर – १
ललितपुर –५
काभ्रे – १
कैलाली – ११
म्याग्दी –२
दोलखा – १
मकवानपुर – १
रौतहट – ९
सिन्धुली – १
बाग्लुङ – २
पर्वत – १
स्याङजा – १
तनहुँ – २
बर्दिया – २
दाङ – २
रुकुम – २
बाँके – १
दैलेख – २
जाजरकोट – १
सुर्खेत – ४१
बझाङ – २
बैतडी – २
अछाम – १