नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई अपमान नगर्न सिन्धुलीबासीमा अपील गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट स्थायी समिति बैठकमा राजिनामा माग गरिएको प्रति आक्रोस व्यक्त गर्दै अर्का अध्यक्ष प्रचण्ड एवम् अन्य नेताहरुमा त्यस प्रकारको तागत कताबाट आयो ? भन्ने प्रश्न गरेका छन् । उनले अगाडि लेखेका छन्ः हाम्रा नेताहरु लाई किन धेरै खस खस लागेको होला, कर्याकर्ता लाटा छैनन् । अहिले सिद्धान्त, पार्टी एकता गर्ने कुनै एकपात्र हटाउदा सिगो एकता भग हुन्छ भन्ने कुरालाई पनि ख्याल गर्न नेताहरुलाई सुझाएका छन् ।

अहिलेको संवेदनशिल अबस्थामा त्यतिकुरा नबुझ्ने केपि कमरेड हुनुहुन्न, एकाएक दुबै पदबाट राजिनामा माग्नुपर्ने तागत कताबाट आयो भन्दै उनले लेखेका छन्ः नेता कमरेडहरु धर्य गर्नुस्, देस बनाउने काममा लागौ कोराना भगाउ, पार्टी बनाउ र एकताको बाकी काम सकौ । अनिपो जनता, कार्यकर्ताले हाई हाई भन्छन् नत्र बुझि राख्नु बाई बाई । तपाईं हामीलाई अनुभब छ पार्टी बनाउन कति दुख छ । अहिले केपि ओलिलाई अपमान नगरौ । कुबेलाको बाजा नबजाउँ, माहादिबेशन गरौ ।

नेता कटुवाल अगाडि लेख्छन्ः कम्युनिस्ट पार्टी बनाउन शिद्दान्त, सगठन, संघर्ष र एकता चाहिन्छ । ती सबै विधि मानेरै जनाताका समस्या समधान गर्दै दिर्घकालिन योजना बाट हामी सबै यहाँ आई पुगेका हौं।
त्यसो भनिरहँदा अब फेरि भुल्नुहुदैन कि कसले योगदान कति गरे भनेर । दुई पार्टी एकता गर्दाको विधि अनुशाासित भएर हेक्का गरौ । समस्या समाधान हुन्छ । कुनै बेला प्रजातान्त्रिक अभ्यास गर्दा को परिणाम एकता गर्ने बेला को अबस्था लाई स्मरण गरि पुन गन्तव्य पहिल्याउन नेता र नेतृत्व ले कहिल्यै भुल्नु हुँदैन ।