थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएको बताएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको छ । जुन हिजो अस्तिका तुलुनामा कम परीक्षण हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने बताइरहँदा पिसिआर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको हो ।

मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ ।

हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।