सिन्धुलीको कमलामाई नगरपालिकाले करको दर घटाउँदै दायरा भने बढाएको छ । नगरपालिकाको सातौ नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले निर्वाचनका बेला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी, एमाओवादी र आफ्नो व्यक्तिगत प्रतिवद्धता पत्रमा उल्लेख भएका ७० प्रतिशतभन्दा बढी विषय सम्वोधन भएको उद्घोष गरेका छन् ।

निकै उत्साहका साथ प्रस्तुत भएका नगरप्रमुख खत्रीले आर्थिक वर्ष २०७७÷०७८ मा कोरोना संक्रमणबाट थलिएका उद्योगी, व्यवसायी, किसानहरुलाई लक्षितगर्दै करको दर घटाउनुका साथै दायरा पराकिलो बनाएको बताउनुभएको हो ।

सिन्धुली जिल्लामा व्यवसायीहरुबाट आर्थिक वर्ष २०७७ ÷०७८ मा ८ लाख राजस्व प्राप्त भएको बताउँदै संवाददाता सम्मेलनमा उहाँले भन्नुभयो, यस वर्षबाट साना व्यवसायीका लागि करको दर घटेको तर ठूला व्यवसायीका लागि भने केही बढेको छ । अघिल्लो आर्थिक वर्षमा क र ख मा बर्गिकरण गरिएको करको दायरालाई यस वर्ष ग र घसम्म पु¥याइएको र प्रगतिशिल कर प्रणालीलाई अबलम्मन गरिएको उहाँको भनाई थियो ।

कोरोना महामारीपछि थलिएका उद्योगी, व्यवसायीेहरुले भदौ महिनाभित्र कर तिरेमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा वडा नं. ८,९,१०,१३ र १४ मा औद्योगिक ग्राम स्थापनाका लागि प्रस्ताव तयारपारी बाग्मती प्रदेशसरकारमा पठाइएको र १३ नं. वडामा अटोमोवाइल शिक्षालयको स्थापना गरिने तयारी गरिएको उल्लेख गरिएको छ ।
त्यसैगरी बिना धितो र बिना व्याजमा युवा स्वरोजगारलागि लघु तथा घरेलु उद्योग सञ्चालनका लागि ऋण उपलव्ध गराउनुका साथै नगर क्षेत्रमा रहेका उद्योग व्यवसायको प्रर्वद्धनका लागि तथ्याङ्क संकलनगरी विकासमा जोड दिइने छ । त्यस्तै कृषिमा आधारित उद्योग÷व्यवसाय स्थापना र सञ्चालनमा प्रोत्साहन गर्न दर्ता नविकरण गर्दा लाग्ने शुल्क र आयमा छुट दिने नीति अबलम्मन गरिएको छ ।