भोको पेटले ABCD सिकाउन सकिदैन


ए सरकार !
निजि शैक्षिक सस्था पुर्ण बन्दको घोषणा गर ।हामी बैकल्पिक पेशाको खोजिमा लाग्छौ।बजारमा आपको सिजन छ ठेलामा आँप बेच्न थाल्छौ।गाउँ जान्छौ भैसिका पाडा पाल्न थाल्छौ।तरुल खन्छौ,गिठा भ्याकुरको खेती शुरु गर्छौ।तितेपाती र गुर्जो उत्पादन गर्छौ।गुन्द्रुक र सालको पातको टपरी बनाउने फ्याक्ट्री खोल्छौ।विकल्प नभएको होईन ।हामी विकल्प हिन होइनौं ।अरु कामै गर्न नसकेर निजि शैक्षिक सस्थामा झुन्डिएका होईनौ।सामाजिक उत्तरदायित्व सहितको मर्यादित पेशा हो शिक्षण । शिक्षासेवा राष्ट्रिय जनशक्ति उत्पादनको अपरिहार्य पाटो हो।यसैले हामीले मनग्ये आम्दानी होईन पुर्ण सन्तुष्टिको बफादार पेशा रोजेका हौ।हामिलाई धेरै कमाउनु थिएन ,जीवन गुजरा चलाउनु ,खुशिले बाच्नु र राष्ट्रका लागि खुशिका खम्बाहरु जन्माउने उदेश्यले हामी शिक्षण पेशामा जोडिएका हौ।
अब कुरो स्पष्ट गरौं :
भोको पेटले ABCD सिकाउन सकिदैन ।बैकल्पिक बिधिबाट शिक्षण सिकाई क्रियाकलाप निरन्तरता दिन निर्देशन दिने सरकारले नै निजि शैक्षिक सस्थालाई न्यून शुल्क र पुरानो बक्यौता पनि उठाउन नपाउने गरि अर्को ठाडो निर्देश दिन्छ। शैक्षिक क्रियाकलाप निरन्तरता दिनु भनेको काम गर्नु भनेको।लगभग धेरै जसो निजि शैक्षिक सस्था संचालकले आज सम्मको तलब सुबिधा बारे मौन बसेका छन ।कतिले दिनै सकिदैन भनेका छन ।र पनि शिक्षक कर्मचारीले सरकारको झिनो भरोसामा अन्लाईन शिक्षणमा होमिए।कुनै विकल्प निस्केला तलब आउला भनेर शैक्षिक उत्तरदायित्व पूरा गरि राखे ।केही औलामा गन्न सकिनेले बैशाखको धेरै थोर राहत रकम उपलब्ध गराएका त छन तर स्कुल सङ्ख्याको आधार मा यो रेसियो अती कम छ।सरकारले तलब सुबिधा बारे चुईक्क बोल्दैन ।पचासौं बर्ष एकतर्फी मुनाफा कुम्लाएका निजि शैक्षिक सस्थाले अप्ठ्यारोमा पनि आफ्नो स्थायी नियत देखाएका छन ।शिक्षक कर्मचारीको पेट भोको नराख्नु आफ्नो सस्थागत दायित्व भएको बोध उनिहरुमा कहिल्यै आएन।शुल्क उठाएर नाफा कटाएर तलब सुबिधा दिनुमात्रै आफ्नो ब्यबासायिक धर्म ठान्नेहरु पेशागत हकहितमा खासै ब्यबहारिक कहिल्यै देखिएनन।शिक्षकको तलब भत्ता रोकिदा पर्ने अप्ठ्यारो महसुस गर्ने मन उनिहरुमा छैन ।केही मनकारी निजि शैक्षिक सस्था नभएका त होइनन् तर खराब नियत वालाले त्यता पनि खबरदारी गरिदिन्छन।दिन सक्ने र दिन खोज्नेलाई पनि दिनु नपर्ने अर्ति दिन्छन।कति त्यही अर्तिलाई गायत्री मन्त्र जसरी पवित्र रूपमा स्विकार्छन र फेरि मर्कामा पर्छन् अलिकति सुबिधा लिएका शिक्षक कर्मचारी पनि ।

सरकार निजि शैक्षिक सस्था र त्यहीँ कार्यरत जनशक्ति प्रती पनि उत्तरदायी हुनु तेरो दायित्व भित्र पर्दैन भने भोकले आत्महत्या गर्न बाध्य पार्नु पुर्व अन्तिम टुङ्गो लगाई दे।खारेज गरि सम्पुर्ण निजि शैक्षिक सस्था।हामी पनि स्यालले साढेको फल कुरोको जस्तो कुरि राख्दैनौ।भोकले सम्पुर्ण जित जित्नुपुर्व हामी बैकल्पिक उपाएमा निस्किन्छौ।होईन भने रोकिएको तलब सुबिधा यथावत रूपमा तुरुन्तै निकास गर्न निर्देशन दे।र शुल्क नउठाएको अवस्थामा निजि शैक्षिक सस्थाले के कसरि आर्थिक ब्यवस्थापन गर्नु पर्ने हो स्पष्ट नीति बना।
ए काठा सरकार !
कस्तो धर्म सङ्कटमा पार्छस।बैकल्पिक पठनपाठनको ढ्वाङ पिट्छस।बाबुनानिहरु उत्सुक भएर पढ्न बसेका छन।उनिहरुलाई चटक्कै छाडेर हिड्न हाम्रो नैतिकता दिदैन।पढाइ राखौ भोकले चिमोट्छ। यसैले तअए ! दुईतिहाई , ए! सर्बहाराको भनिने , ए समाजबाद उन्मुख भन्ने सरकार तैले कहिले बुझ्छस ?निजि शैक्षिक सस्थाका शिक्षक कर्मचारी पनि यो देशका नागरिक हुन भन्ने कुरा।हेप्नी ,बिरोध गर्नी नभनेस।एकलब्यले जस्तो औलो काटेर त प्रती भक्तिभाव देखाउन हामी सक्दैनौ।
अरे यार ! बुझिदेन हौ, भोको पेटले ABCD सिकाउन सकिदैन ।
एसके निधन: लेखक समस्या समाधान तथा सम्बाद समिती, मकवानपुर संयोजक हुन् ।