कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दश हजार ९९ पुगेको छ। उनीहरुमध्ये २ हजार २ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसमा मंगलबार मात्रै ७६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १२, सप्तरीका २, सुनसरीका ३,मोरङका २, तेह्रथुमका २, सप्तरीका २०, महोत्तरीका १२, अछामका ७, अर्घाखाँचीका २, बागलुङका १४, बझाङका २२, बाजुराका २०, डढेल्धुराका ४, धादिङका १८, गोर्खाका २९, गुल्मीका ५, कैलालीका ३८, कञ्चनपुरका १७, कास्कीका ८, नवलपरासीका २२ र पर्वतका २२ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै प्यूठानका ५०, रौतहटका १३, रुपन्देहीका ३, सर्लाहीका २, सिराहाका ७, स्याङजाका २२, धनुषाका ३९, लमजुङका ५, तनहुँका ८, पाल्पाका ४८, दाङका १९, सल्यानका ४, सुर्खेतका २३, दैलेखका २२, हुम्लाका १ र कालिकोटमा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ९० जना महिला र ४४८ जना पुरुष छन्।
तीमध्ये ८ जना महिला र ६८ जना पुरुष छन्।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ। तीमध्ये १८९ जना महिला र २ हजार ३५ जना पुरुष छन्।