शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा एउटा पुस्तक पत्रकारहरुको हातमा थमायो कोभिड १९ महामारी र हाम्रा प्रयासहरू । यो पुस्तकको प्रकाशक रहेको छ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । अनि मुद्रणको काम चाहिँ गरेका रहेछन् महेन्द्र श्रेष्ठ । जसलाई पुस्तकमा डिजाइनरको रुपमा उल्लेख गरिएको छ । छपाइको काम चाहिँ कसले ग-यो ? यो पुस्तकमा खुलाइएको छैन अर्थात लुकाइएको छ ।
को हुन त महेन्द्र श्रेष्ठ ? सोधखोज गर्दै जाँदा थाहा हुन्छ उनी रहेछन् छापा मजदुर संगठनका अध्यक्ष ।
उनै कहाँ मुद्रण भएको यो पुस्तक झण्डै १२ सय प्रति पहिलो लटमा छापिएको छ । एमएस हाउसमा विष्णु रिमालका छोराको स्वामित्वमा रहेको बताइएको छ । सोही प्रेसबाट मोटो रकम खर्च गरेर पुस्तक छापिएको हो ।