नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सयको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा मात्रै ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ३ सय ३८ पुरुष र ८८ महिला रहेका छन्।