एक्कासी प्रहरी छिरेपछि रामवहादुर बम्जन फरार

सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् ।

घना जंगलभित्र आश्रम छ, त्यसैले हामी छिरिसकेपछि उनी भागेको हुनसक्ने देखिएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘जंगलमा ८ घण्टा सर्च अपरेशन चलायौं तर, उनी नभेटिएपछि फर्किएका छौं ।’

प्रहरीले सिन्धुलीस्थित बम्जन आश्रममा छापा मारेको यो तेस्रो पटक हो । यद्यपि, यसपटक पनि उनी जोगिन सफल भएका छन् भने सीआईबी टोली खाली हात काठमाडौं फर्किएको छ । बम्जनमाथि अनुयायी बेपत्ता पारेको आरोप छ ।