
पर्सामा आइसोलेसनमा बसेको १४ दिन पुगेपछि पाँच जनालाई कोरोना संक्रमणमुक्त भएको भन्दै घर पठाइएको छ । तीमध्ये चार जनाको कोरोना नै परीक्षण गरिएको छैन । एक जनालाई भने लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
शुक्रबार बेलुका पोखरिया नगरपालिका वडा नं. ९ का २१, ३९, ४२ र ३७ वर्षीय पुरुष तथा जगरनाथपुरका ३७ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए ।










