विरुवा रोपेर वातावरण दिवश मनाईयो

सिन्धुलीको कमलामाई नगरपालिकाले आज ल्याण्डफिल साइटमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले सरसफाई कर्मचारीहरुको बर्षौं देखिको मेहनतका साथ बनाइएको ल्याण्ड्फिल साइट्मा फुल तथा बिरुवा रोप्नुभएको हो । कोरोना संक्रमणको अबस्थामा बृहत् कार्यक्रम सुरक्षाको कारणले गर्दा गर्न नसकिएको बताउनुभयो । उक्त कार्यक्रममा नगरउपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी नगर प्रवक्ता, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, बिभिन्न शाखाका शाखा प्रमुख, समुदायिक बनका पदधिकारी, स्थानीय वासिन्दा तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Image may contain: one or more people, people standing and outdoor
Image may contain: one or more people, child and outdoor
Image may contain: one or more people and outdoor
Image may contain: one or more people and outdoor