मेयर खत्रीको सहयोगले पुर्नजीवन पाएका कलियुगका लक्ष्मण !

अनामनगर सिन्धुलीका ४५ वर्षीय लक्ष्मण तामाङले आफुले पुर्नजीवन पाउँछु भनेर साचेकै थिएनन्, अर्थात उनले आफ्नो जीवननैं समाप्त भइसकेको भन्दै आफ्ना छोराछोरीलाई सत्मार्गमा लाग्न पटक पटक संझाइसकेका थिए । तर अचानक यस्तो अबस्था आयो कि उनले फेरी नयाँ जीवन पाए ।
देशभर कोरोना देशभरको जनजीवनलाई प्रभावित बनाइरहेका बेला लक्ष्मणले भने राहतमात्रै होइन, नयाँजीवननैं पाएको संझँदा उनी कोरोनालाई धन्यवाद दिन्छन् । ‘यदी नेपालमा कोरोना संक्रमणको जोखिम र कमलामाई नगरपालिकाले रोकथाम र नियन्त्रणको प्रयाश थालेको थिएन भने म यसबेला यो घर्तीमा रहने थिइँन ।’ लक्ष्मणले आफ्नो पिडा यसरी पोखे ।

विगत २ वर्षअगाडि देखी रोगले थलिएर बसेका उनलाई अहिले यो अबस्थामा ल्याउने स्थानीय सरकार प्रमुखसमक्ष खबर पु¥याउने कलियुगका नारद थिए बिष्णु बुढाथोकी । कोरोना संक्रमणले गिट्टी कुट्ने मजदुरको चुल्हो बल्न छोडेपछि राहत बितरण गर्ने क्रममा बुढाथोकीले उनी २ वर्ष अगाडिदेखी थलिएर बसेको जानकारी गराउँदै सहयोग गर्न सुझाएका थिए । नगरप्रमुख खड्गवहादुर खत्रीलाई सामाजिक सञ्जाल मार्फत आएको सुझावकै आधारमा अनामनगरको उल्लेखित स्थानमा जाँडा जीउभरी खटिरै खटिरा पाकेर थलिएका लक्ष्मणको बिबरण सुनेपछि आफ्नो खल्तीमा रहेको ३ हजार रुपैयाँ झिकेर उनको छोरीलाई हातमा थमाई दिए ।

‘यो पैसाले एउटा झुल किनेर ल्याउनु र बा लाई सफा सुग्धर राख्नु, अनि तिम्रो बाबाको औषधी उपचारको जिम्मा म लिन्छु’ नगरप्रमुख खत्रिले त्यसो भनेको सुन्नासाथ उनी रोइरहेका थिए । त्यहाँबाट उनको बिरामी पुर्जा बोकेर निस्केका मेयर खत्रीले सिन्धुलीका सबै औषधी पसलमा चाहारे, तर कतैपनि उनले खानेगरेको औषधी रहेनछ । लकडाउनको समय भएकाले झण्डै तीन दिनपछि मात्रै काठमाडौबाट औषधी झिकाएर स्वाथ्य बिमा कर्मचारी र सामाजिक विकास शाखाका बबिन्द्रलाल माझी गएर उनको १ लाख बराबरको स्वास्थ्य बिमा पनि गरिदिए । अहिले उनले नगरपालिकाले गरिदिएको बिमाबाटै औषधी निःशुल्क पाइरहेकाछन् ।
विगत संझँदै भन्छन्ः कोरोना भन्ने रोगले धेरै मान्छेहरु मरेको सुनेको छु, तर मलाई त त्यही कोरोले बचाएको छ । मेरा लागि त मेयर साँच्चिकै भगावन पो बन्नुभएको छ, उनले हर्षित हुँदै भने । लकडाउनको २ महिना पुरा भएको छ, यसै बीचमा उनी निको भएर खोला किनारमा गिट्टी कुट्ने आफन्तलाई सघाउन थालेका छन् । उनी भन्छन्ः म यसरी काममा सघाउन सक्छु भन्ने लागेकै थिएन, त्यसका लागि म ‘सरकार’ लाई धेरै धेरै धन्यवाद दिन्छु ।
एक छोरा र एक छोरीका बाबुसमेत रहेका उनी अहिले पनि आफन्तजनको घरमै बसिरहेका छन् । बिरामी भएपछि बाहिर बस्न नसक्नेभएपछि आफन्तजनले उनलाई आफ्नो घरको एउटा कोठामा ल्याएर राखेका थिए ।
लक्ष्मण अहिले ग्वाङखोला किनारमा गिट्ट कुट्न व्यस्तछन् । उनी भन्छन्ः अहिले मैंले आफन्तको कामलाई सघाईरहेको छु । उनलाई अहिले कोरोनाले होइन आफुले पाएको नयाँ जीवनले फेरी केही गरौं र आफ्नो बाँकी जीवनलाई सहज बनाउँ भन्ने कुराले हौसला बढाईरहेको छ । मृत्युलाई जितेर आएका लक्ष्मण अहिले भगवान रामका भाई लक्ष्मण जस्तै बलवान बनिरहेको देखेपछि टोल छिमेक पनि अचिम्मत मात्रै बनेका छैनन्, साथ र सहयोग पाउने हो भने कोही पनि गरिब अकालमा मर्दारहेनछन् भन्न थालेका छन् । कोरोना कहरबीच उनको उपचारमा चासो दिएर पुगेका नगरप्रमुख खड्ग खत्री खोला किनारमा गिट्टी कुटिरहेको देखेपछि भन्छन्ः ‘मैंले कोठामा गएर उपचार गर्न सहयोग गरेका लक्ष्मण यिनैं हुन् त ?’ औषधी र उपचार अभावमा मृत्युको मुखमा पुगेर छटपटाईरहेका लक्ष्मणले नयाँ जीवन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ, नगरप्रमुख खत्रीले भने । आफुलाई यो अबस्थामा ल्याउन सहयोग गर्ने नगरप्रमुखलाई आफ्नै आँखैं अगाडि देखेपछि लक्ष्मणमा खुशीको सिमानै रहेन । ‘मलाई बचाई दिनुभएको छ, अब म केही गरेरै देखाउँछु,’ उनले हिम्मतका साथ भने । (प्रिती तामाङ, कमलामाई फिचर सेवा)