जुम्लामा क्वारेन्टीनमा रहेका ६५ वर्षका पुरुषको मृत्यु

 जुम्लामा क्वारेन्टीनमा रहेका एक व्यक्तिका बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस अघि बर्दियामा बस्दै आएका ती व्यक्ति गत जेठ २१ गते जुम्ला आएर क्वारेन्टीनमा बसेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

प्रजिअ थापाका अनुसार बिहीबार राती नौ बजे मृत्यु भएका ती व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाव संकलनको कार्य भइरहेको छ ।

मृतक लामो समय देखि दम रोगबाट पीडित रहेको बुझिएको छ ।