नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा न्यूरोड–असन र इन्द्रचोकका व्यवसायीले सबैखाले पसलहरु खोले

काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् ।

Image may contain: text

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए।

उनले स्थानीय संघ–संगठन, स्थानीय प्रशासन, स्थानीय सरकारसँग समन्वय गरेर व्यवसाय सञ्चालनमा ल्याएको बताए।

The best charity shops in Cambridge - Cambridgeshire Live

उनले भने, ‘अब उपत्यका मात्र होइन। देशभर नै व्यवसाय चलायमान हुन्छ। स्थानीय संघ–संगठनहरुले स्थानीय सरकार र स्थानीय प्रशासन र स्थानीय सुरक्षा निकायसँग अनुमति लिएर पसलहरु खोलेका छौँ।’

कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएको लकडाउनले देशको अर्थतन्त्र ठप्प भएको र सरकारले भाइरसको रोकथामका लागि बढाएको लकडाउनका कारण व्यवसायीहरु निकै मारमा परेको उनले बताए।

Coronavirus Lockdown 3.0: Long Queues From 6am Outside Liquor ...

यस्तै उनले व्यापार–व्यवसाय चलायमान भएपछि मानसिक रोगी हुन लागेका सो तनावबाट हट्ने बताए । ‘हामीले सरकारको नियमको अवज्ञा गरेका हाइनौँ’ उनले भने ‘हामीले सरकारले तोको मापदण्ड अनुसार नै पसलहरु सञ्चालनमा ल्याएर अर्थतन्त्र कसरी चलायमा बनाउन सकिन्छ त्यस तर्फ सोचेका हौँ।’

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

Chandigarh's Sec 17, 35 markets to remain open; here's what is ...

सरकारले नेपालमा तीव्र रुपमा कोरोना भाइरस संक्रमण फैलिरहेका कारण जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याएको हो।

‘लकडाउनले सबैको अवस्था नाजुक बनेको छ’ उनले भने ‘तर व्यापार व्यवासयीहरुलाई बढी तनाव छ। सरकारले लम्ब्याएको लकडाउनले घर गुजारा गर्न पनि कठिन भइरहेको छ भने कर लगायतको अर्को सम्स्या छ।’

Road caves in and wall collapses in Bengaluru following heavy ...