
अमेरिका भर अश्वेत नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा जनप्रदर्शन हुन थालेको देखिएको छ ।
अटलान्टामा उर्लिएको क्रुद्ध प्रदर्शकारीको एक भीडले अटलान्टास्थित सीएनएनको हेडक्वार्टरलाई घेरा हालेका छन् ।

अर्को भीडका प्रदर्शकारीहरू प्रहरीको कार जलाइ दिएकाछन् ।
मिनिसोटामा जर्जको हत्याको विरोध विगत तीन देखि जारी रहेको थियो ।
त्यहाँ कर्फ्यु अवज्ञा गरी जारी रहेका बेला राजधानी वासिंटन लगायत अमेरिकाका विभिन्न ठाउँमा प्रदर्शनहरू भइरहेका समाचार सार्वजनिक हुन थालेका छन् ।
