सिन्धुलीसहित २७ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४ सय २ पुग्यो

स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ वर्षदेखप ४२ वर्ष उमेर समूहका छन्। २७ जनामध्ये १४ जना पुरुष र ३ जना महिला छन्।

झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित भेटिएका हुन्। योसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ। समाचार स्रोतका अनुसार सिन्धुलीका एक जना नेपाली सेना रहेको बुझिएको छ ।