कपिलवस्तुमा चार जना कोरोना संक्रमित थपिए

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

मंगलबार कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०,४२ र ४५ वर्षिय पुरुषहरु र वडा नं ३का २० वर्षिय पुरुष रहेका छन् ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ ।