सिन्धुलीमा प्रदेश सांसदसहित ४७ जनाको स्वाव परिक्षणका लागि हेटौडा पठाइयो

सिन्धुली अस्पताल, स्थानीय प्रशासन एवम् सुरक्षा निकायसम्बद्ध २३ जनासहित थप ४७ जनाको स्वाव संकलनगरी परिक्षणका लागि हेटौडा पठाइएको हो । सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणका क्रममा कोरोना पोजेटिभको एण्टीबडी देखिएपछि थप परिक्षणका लागि हेटौडा पठाइएको छ ।

सो क्रममा एक जना प्रदेश सांसदको समेत स्वाब लिई परिक्षणका लागि पठाएपनि अन्य सांसदहरु परिक्षणका लागि नआएको स्रोतले बताएको छ । हिजो गरिएको आरडिटी परिक्षणमा २० जनामा कोरोना एण्टीबडी देखिएपछि आज विहान थप व्यक्तिमा परिक्षणगर्दा ३ जना थपिएका हुन् । उनीहरु सबै अहिले क्वारेन्टाइनमा छन् ।

आरडिटी परिक्षणमा थप ४ जना पोजेटिभ

यसैबीच केही समय अगाडि गरिएको आरडिटी परिक्षणमा थप ४ जनामा कोरोना एण्डीवडी देखिएको छ । यो सँगै सिन्धुलीको आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या २७ पुगेको छ ।

चार जनाको कोरोना नतिजा नेगेटीभ

सिन्धुली अस्पतालको आ इसोलेसनमा भर्ना गरिएका २ महिला र क्वा रेन्टाईनमा राखिएका २ पुरुषको को रोना परिक्षण नतिजा नेगेटिभ आएको छ ।

उनीहरुको स्वा व संकलन गरि सिन्धुली अस्पतालले आइतबार प्रादेशिक अस्पताल हेटाँैडामा परिक्षणको लागि पठाएको थियो ।

उनीहरु ४ जना कै रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा प्रसन्न राजभण्डारीले बताए । । एकजना नेपाली सेना, एकजना भारतबाट आएका पुरुष र दुई जना सिन्धुली अस्पतालमा उच्च ज्वरो आई आ इसोलेसनमा भर्ना गरिएका २ जना महिलाको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको हो ।