सिन्धुली जिल्ला अस्पतालमा गरिएको पहिलो चरणको आरडिटी टेष्टमा २० जनामा कारोना पोजेटिभ देखिएको छ । अस्पताल स्रोतका अनुसार दिउँसो र रात्रीकालिन ड्युटीमा खटिने डाक्टर, नर्समा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी २० जनाभित्र सुरक्षा र स्थानीय प्रशासन संवद्ध अफिसरसमेत रहेको बुझिएको छ । आरडिटी टेष्टमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको पिसिआर विधीबाट जाँच गर्नका लागि स्वाब संकलन गरिएको थाहा लागेको छ । केही समय अगाडि संकलिन स्वाबलाई जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईने तयारी गरिएको संवद्ध स्रोतले बताएको छ ।
यता सिन्धुली अस्पतालमा कार्यरत डाक्टर र नर्समा पोजेटिभ देखिएपछि सिन्धुली अस्पतालमा बाहिरबाट विरामी प्रवेशमा रोक लगाइनुका साथै अस्पताल सिल गरिएको छ । साथै पोजेटिभ देखिएका डाक्टर नर्स र अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।