नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । थप ९ जनामा सोमबार संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा रौतहट र बाराका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा बाराको इशनाथ नगरपालिकाको वडा नम्बर २द्द, ३, ६ र ९ का २१ (दुईजना, २३, २५ (दुईजना), २९ र ३० वर्षका पुरुष तथा माधवनारायण नगरपालिका–३ की २८ वर्षिया महिला रहेको जनाइएको छ ।
यस्तै बाराको करैयामाई–५ का ३८ वर्षे पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।