सिन्धुली । नेकपा एमाले निकट भातृ संगठन नेशनल भोलेन्टियर सिन्धुली कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । गरिएको छ । युवा नेता दिपेन्द्र फुयाँलको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमाण्ड एक कार्यक्रमका बीच घोषणा गरिएको हो । भेलाले प्रकाश रायमाझी लाई सह–कमान्डर घोषणा गरेको छ । सोही अवसरमा जिल्लामा संगठन विस्तार र युवाहरूलाई संगठित बनाउने लक्ष्यसहित नया कमिटी घोषणा गरिएको हो ।
घोषित सदस्यहरूमा सौरभ सिं लामा,विश्व राई, विनोद दियाली, रन्जित दियाली, विनोद साहा शंकर, जोसन श्रेष्ठ, निर्मल थापा, रोशन थापा, टेक बहादुर भुजेल, गगन थापा, सन्तोष लुंगेली, हरिराम बराल, कर्म पहाडी, चित्र पुलामी मगर, दिपक काफ्ले, भिम ब. हायु, अम्बर कार्की, दिपक खत्री, विवश गौतम, हिरा लाल मगर, अस्मिनी शर्मा तिमल्सिना, रोजन चौधरी, सुरज अधिकारी, धन ब. तामाङ, सिम धामी, कल्पना खड्का, रामु रावत, भोज ब. श्रेष्ठ, सन्त मोक्तान, असोक वल, धन ब. तामाङ, निरज तामाङ, रेसम लामा, सोम बहादुर बम्जन लगायत रहेका छन् ।
जिल्ला युवा भेलामा विभिन्न पालिका तथा वडाबाट सहभागी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भेलामा केन्द्रय कमाण्डर पुष्पराज श्रेष्ठले युवाहरूलाई संगठनात्मक रूपमा सक्रिय भई पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन आग्रह गरे । नेकपा एमाले सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनोजजंग थापाले नयाँ कमिटीलाई बधाई दिएका थिए ।











