सिन्धुलीमा आइपुग्यो ४ लाख ३० हजार मतपत्र !

आज सिन्धुलीमा आईपुगेको मतपत्र । फोटोः सन्देश जनप्रिय

सिन्धुली: आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको दुबै मतपत्र आज सिन्धुलीमा आइपुगेको छ ।
सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार सिन्धुली क्षेत्र नंं १ र २ को प्रत्यक्ष र समानुपातिक तर्फको दुबै मतपत्र आज मध्यान्ह नेपाली सेनाको टोलीले मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई जिम्मा लगाएको थाहा लागेको छ ।
सिन्धुलीको जम्मा मतदाता संख्या २ लाख १५ हजार १९ रहेको छ भने महिलाको संख्या १ लाख ३ हजार ६ सय ९५ र पुरुष मतदाताको संख्या १ लाख ११ हजार ३ सय २४ रहेको छ । निर्वाचन आयोगले सिन्धुलीमा २ लाख १५ हजार १९ मतपत्र पठाएको हो । दुबै मतपत्रको संख्या भने ४ लाख ३० हजार ३८ रहेको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले आज सो मतपत्रलाई आफ्‌नै कार्यालयमा सुरक्षाका साथ राखेको छ । प्रत्येक मतपत्रको प्याकेटमा नम्बर लेखिएको र कुन मतपत्र प्रत्यक्ष वा समानुपातिकको हो भन्नका लागि कलरले छुट्याइएको निर्वाचन केन्द्रीय कार्यालय काठमाडौबाट आएकी एक अधिकारीले जानकारी दिइन् ।
यता मतपत्र बुझ्‌ने क्रममा दुबै निर्वाचन क्षेत्रका प्रमुख भने उपस्थित थिएनन् । आजनैं सिन्धुली क्षेत्र नंं १ को मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई लक्षित गर्दै तालिक सञ्चालन गरिएको छ । सो तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित १२४ जना सहभागी रहेको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको छ । सो तालिमलाई निर्वाचन कार्यालयले गोप्य राखेको थाहा लागेको छ ।