भिमानका १० जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

सिन्धुलीको भिमानमा कोरोना संक्रमितले खाना खाएको भनिएका घर तथा छिमेकी सहित १० जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भक्तपुरको एक अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएपछि काठमाडौ जाने क्रममा उनले खाना खाएको भिमानका आफन्तजनसहित १० जनाको कोरोना परिक्षणका लागि हिजो स्वाब संकलन गरिएको थियो । केही समय अगाडि इमेल मार्फत प्राप्त भएको रिपोर्ट नेगेटिभ भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले प्रदेशखवरलाई बताए ।