नेपालमा २३ हजार ९ सय १४ को पिसिआर परीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको र आरडिटी विधिबाट ६३ हजार ८५ जनाको नमूना परीक्षण भएको जानकारी दिएको छ।मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएको जनाएका हुन्।प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन्।यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए।डा.देवकोटाका अनुसार देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन्।उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन्।यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन्। कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन्। उनले क्वारेन्टाइनमा भने देशभर १५ हजार ६ सय ८३ जना रहेको बताए।