अविरल वर्षाको जोखिमबाट सजग रहन एमाले सिन्धुलीका उपाध्यक्ष घिसिङको अपील

नेकपा एमाले सिन्धुलीले अविरल वर्षाका कारण हुने जोखिमबाट सजग रहन सिन्धुलीवासीमा अपील गरेको छ ।
एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङले गएको रातीदेखी परेको अबिरल वर्षाका कारण राजधानी जोड्ने बिपी राजमार्ग अबरुद्ध बनिसकेको र सुनकोशी, मरिण, चँदाहा नदीमा पानीको बहाब बढिरहेकोले जोखिम क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण नागरिकलाई सचेतापूर्वक बस्न र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न अपील गर्नुभएको हो ।
एमाले उपाध्यक्षसमेत रहनु भएका घिसिङले निरन्तर रुपमा पानी परिरहेको र रातको समयमा हुने जोखिमको आँकलनगरी सुरक्षित स्थानमा सर्न र त्यस्ता नागरिकलाई सहयोग गर्न एमालेको मातहत कमिटीलाई निर्देशन पनि दिनुभएको छ ।
नेपालीहरुको महान पर्व बिजया दशमी मनाउन एक ठाउँबाट अर्को ठाउँमा जाने क्रममा विपी राजमार्ग, मध्यपाहाडी राजमार्ग र मदन भण्डारी राजमार्गमा रोकिएर अलपत्र अबस्थामा रहेका नागरिकलाई सहयोगगरी सुरक्षित स्थानमा राख्ने वातावरण मिलाउन स्थानीय प्रशासन, पार्टी पङ्क्ति र आम नागरिकमा अपील गर्नुभएको हो ।
नेता घिसिङले केही समय अगाडि सामाजिक सञ्जाल मार्फत सो अपील गर्नुभएको हो ।