उद्योग बाणिंज्य संघद्धारा भवन निर्माणमा हातेमालो

सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।
सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक सहयोग गरिएको हो ।
सो रकम आज सिन्धुली स्थित संघको कार्यालयमा अध्यक्ष श्रेष्ठले उद्योग बाणिंज्य संघ बर्दिवासका अध्यक्ष विष्णु बहादुर खड्कालाई हस्तान्तरण गर्नु भएको छ ।