अनेमसंघ सिन्धुलीको अध्यक्षमा पाख्रिन सर्वसम्मत

सिन्धुलीः अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा शान्ता पाख्रिन निर्विरोध निर्वाचित हुनुभएको छ । सिन्धुलीमा शनिवार भएको छैठौं जिल्ला अधिवेशनले अनेमसंघ हाक्न सक्नेगरी पाख्रिनलाई अध्यक्ष चयन गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी अधिवेशनले उपाध्यक्षमा शान्ता राउत र तुलसा कार्की, सचिवमा शारदा ढकाल, सहसचिवमा गायत्री बराल र कोषाध्यक्षमा राजकुमारी स्याङतान रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अमृता देवकोटा, भद्रकुमारी श्रेष्ठ, चन्द्रकुमारी श्रेष्ठ, लिलामायाँ श्रेष्ठ, कमलाकुमारी श्रेष्ठ, मिना थापा, खेमकुमारी ढुंगाना, बिष्णुमायाँ परियार, रेशममायाँ बिक, विष्णुमायाँ थापा, उषा ढकाल, रिता सुनुवार, बिमला तामाङ, सुन्तली बिक, सविता थापा कार्की, सुजाता थापा, बिमला काफ्‌ले, सरिता राई, सुनिता गुरुङ लगायत रहनुभएको छ ।