होटल व्यवसायी संघ सिन्धुलीले अलपत्र परेका नागरिकहरुलाई सहयोग गर्न अपील गरेको छ । सिन्धुलीको विपी राजमार्ग आसपासमा रहेका होटल व्यवसायीहरुलाई भोजनको व्यवस्था मिलाउन आग्रहगर्दै सामाजिक सञ्जाल मार्फत आफ्ना पदाधिकारीहरुको नाम र नम्बर सार्वजनिक गरेको छ । अध्यक्ष सिताराम पहाडीले मानवीय सहयोगमा जुटनु होटल व्यवसायीहरुको कर्तव्य भएको बताएका छन् । पहाडीले संकटमा परेका नागरिकलाई उल्लेखित कुनै पनि नम्वरमा फोन गर्न अपीलसमेत गरेका छन् ।