राहत तथा उद्धारमा खटिन सिन्धुली एमाले कार्यकर्तालाई अपील, नागरिकको जीवनरक्षा पहिलो सर्त रहेको उपाध्यक्ष घिसिङको भनाई

नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।
सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण नागरिकको जीवन संकटमा परेको बताउँदै उपाध्यक्ष घिसिङले एमालेको सम्पूर्ण पार्टी पङक्तिलाई राहत तथा उद्धारमा खटिन अपिल गर्नुभएको हो । उहाँले अगाडि भन्नुभयोः नागरिकको जीवन रक्षा पहिलो सर्त हो । त्यसैले संभावित जोखिमलाई ध्यान दिएर मात्रै आफ्ना गतिविधी अगाडी बढाउनु पर्छ । उहाँले सिन्धुली जिल्लामा पार्टीको आज हुने पूर्व निर्धारित सबै कार्यक्रमहरु स्थगन गरिएको बताउनु भएको छ ।
सिन्धुलीको कुशेश्वर महादेव मन्दिरमा ४१ जना नागरिकको जीवन जोखिममा रहेको र विपी राजमार्गको मुख्य व्यापारिक केन्द्र खुर्कोट, मुलकोट, दुम्जा लगायत क्षेत्रका नागरिकहरुको जीवन रक्षामा लाग्न सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई आग्रह गर्दछु, प्रचार विभाग प्रमुख घिसिङले भन्नुभयो ।