एजेन्सीः चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अस्ट्रेलिया, न्यूजील्याण्ड र जापानका नौसैनिक युद्धपोतहरूको समूहले रातो रेखा पार गरेर अगाडि बढेपछि त्यसलाई ट्रयाक गरेको बिबरणहरु वाहिर आएको छ ।
अस्ट्रेलियाको विध्वंसक जहाज एजएमएस सिड्नी, न्यूजील्याण्डको आपूर्ति जहाज एजएमएनजेडस ओइटियारोवा र जापानी विनाशक जेएस साजानामीले बुधबार ताइवान स्ट्रेट हुँदै ट्रान्जिट गरेका थिए । पीएलएले स्थितिलाई नियन्त्रणमा राख्दै जहाजहरूलाई उनीहरूको ट्रान्जिटमा ट्रयाक र निगरानी गरेको ग्लोबल टाइम्सले समाचार लेखेको छ ।
जापानी सामुद्रिक सेल्फ डिफेन्स डिस्ट्रोयर, ताइवान स्ट्रेटबाट गुज्रिएको यो पहिलो पटक भएको विदेशी मिडियाले बताएका छन् ।
जवाफमा, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार भने कि ताइवान प्रश्न चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित छ । यो चीन–जापान सम्बन्धको राजनीतिक आधार र रातो रेखा हो जसलाई पार गर्नु हुँदैन ।
चिनियाँ सेनाले जापानी सामुद्रिक सेल्फ डिफेन्स फोर्स जहाजको ताइवान स्ट्रेटमा प्रवेश गर्ने कानुन र नियमहरू अनुसार ह्यान्डल गरेको छ । यस कदमको पछाडि जापानको राजनैतिक नियतप्रति चीन अत्यन्तै सतर्क छ र हामीले पटक पटक जापानी पक्षको त्यस्ता कार्यको विरोध गरेका छौं, लिनले भने ।
अष्ट्रेलिया र न्यूजील्याण्ड युद्धपोतको ताइवान स्ट्रेट ट्रान्जिटमा रोकिएको सन्दर्भलाई लिएर लिनले भने कि चीनले कानुन र नियमहरू अनुसार ताइवान स्ट्रेटबाट विदेशी युद्धपोतहरूको ट्रान्जिट ह्यान्डल गर्छ र यस बीचमा हामी चीनको सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि कार्यहरू विरुद्ध सतर्क रहन्छौं ।
यी तीन देशहरूद्वारा ताइवान स्ट्रेट ट्रान्जिट स्पष्ट रूपमा एक राजनीतिक स्टन्ट हो, जसको उद्देश्य ताइवान स्वतन्त्रता सेनाहरूलाई गलत संकेत पठाउँदै उनीहरूको तथाकथित ऐक्यबद्धता देखाउने उदेश्यले नौसन्य जहाजहरु पठाइएको चिनियाँ सैन्य विज्ञ फू क्यानशाओले ग्लोबल टाइम्सलाई भने ।
तिनीहरूले नेभिगेसनको स्वतन्त्रताको नाममा आफ्नो यात्रालाई हाइप गर्दैछन् र आफ्नो सैन्य मांसपेशिहरु देखाउन र चीनलाई लक्षित गर्दै ताइवान कार्ड खेलिरहेको विश्लेषकहरूको भनाई छ ।
ताइवान स्ट्रेटबाट गुज्रने विदेशी युद्धपोतहरू ट्रयाक र अनुगमन गर्न पिएलएका लागि पूर्ण रूपमा वैध छ, विज्ञहरूले भने, पिएलए कुनै पनि सम्भावित आपतकालको सामना गर्न सँधै तयार छ ।
उक्त मार्गमा तीन देशका नौसेनाले बिहीबारदेखि दक्षिण चीन सागरमा संयुक्त अभ्यास गरिरहेको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । समाचारमा यो सैन्य अभ्यासले यस क्षेत्रको शान्ति र स्थायित्वमा योगदान नदिने पर्यवेक्षकहरूले बताएको उल्लेख गरिएको छ ।
दक्षिण चीन सागर अन्तर्राष्ट्रिय ढुवानीका लागि व्यस्त समुद्री लेनहरू भएकोले यसलाई शान्ति क्षेत्र मानिएको छ । तर क्षेत्र पश्चिमा देशहरूद्वारा गरिने यस्तो अभ्यासले समस्या निम्त्याउने र दक्षिण चीन सागरमा नेभिगेसन र सुरक्षाको स्वतन्त्रतालाई खलल पार्ने गरेको फूले बताए ।-ग्लोबल टाइम्सबाट नेपाली अनुवाद