नेपालका कोरोना संक्रमितको संख्या २१७ पुग्यो, काठमाडौँ उपत्यकासहित देशभरमा २६ जना नयाँ संक्रमित भेटिए

नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।

मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्।

कोरोनाभाइरस

पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्।

पर्साका २२ वर्षदेखि ६० वर्षसम्मका महिला, १६ वर्षदेखि ६१ वर्षसम्मका पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षका दुई पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो। त्यस्तै काठमाडौँका ३३ वर्षीया महिला, भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसअघि मंगलबार नै ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।