माओवादीको पदाधिकारी बैठक बस्दै

सरकारको नेतृत्व गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सञ्चालनको अवधीमा उल्लेख्य काम गर्न नसकेको आवाज उठिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।

मंगलबारको बैठकमा ती विषयमा छलफल मात्र भएकाले आज निर्णय हुने एक नेताले जानकारी दिए ।