पूर्वप्रतिवद्धता अनुसार चीन सरकारले नेपाललाई कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी मेडिकल सामग्री अनुदानमा उपलब्ध गराएको छ।
शोमबार नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्क्षीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरेकी छन् ।
मेडिकल सामग्री हस्तान्तरणका क्रममा राजदूत हाउले यो सामग्रीको चीन नेपाल सोलिडारिटीको समन्वयमा उपलब्धता सम्भव भएको आफूहरुले बाचा मात्रै नगरेर काम पनि गरेर देखाउने बताएकी छन् ।
उनले कोभिड–१९ को संक्रमणविरुद्ध दुवै देश र जनता एकवद्ध भइ अगाडि बढ्नुपर्ने जरुरी समेत रहेको बताइन् ।
It’s a great pleasure to attend the Handover Ceremony for China Aid Medical Materials to Nepal with Hon. @dhbhanu. Actions speak louder than words! #ChinaNepalSolidarity is not just words but actions taken by the two peoples. Let’s win the final victory against the pandemic!