विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेपछि सिन्धुली जिल्लाबाट नेकपा (एमाले) को तर्फबाट समानूपातिक सांसद बन्नुभएकी रणकुमारी बलम्पाकीले प्रतिनिधीसभा सदस्य निर्वाचनपछि सदनमा प्रदेश गर्नु अगाडि र त्यसपछिको संसद र संसदीय व्यवस्था प्रतिको बुझाईका सन्दर्भमा लेख्नु भएको बिबरणलाई ‘ग्राउण्ड रियालिटी’ का रुपमा प्रस्तुत गरेका छौं । (सम्पादक)
जब पार्टीले मेरो नाम ११० को बन्द सुचीमा समावेश गरेको जानकारी पाएकी थिएँ, त्यसपछि म कति नम्बरमा परेकी छु र पार्टीलाई कसरी भोट माग्न सफल हुन्छौं भन्ने चिन्ताले सताईरहेको थियो ।
जब मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन भयो र परिणामले एमाले देशभरिमैं सबैभन्दा बढी मत ल्याउने पार्टीका रुपमा दर्ज पनि भयो । एमालेको निर्वाचन परिणामले मलाई पनि सभासद बन्छु कि भन्ने आशा जगाईदियो ।
समानुपातिक मत परिणामले कुन पार्टीले कति सिट प्राप्त गर्छ भन्ने दृश्य पनि देखियो । जब म जनजाती कोटाबाट ५ औं नम्बरमा परेको थाहा पाएँ र सञ्चार माध्यमले मेरो फोटोसहितको समाचार र विवरणहरु प्रकाशन गरें त्यसपछि भने मेरो यस पटक सभासद बन्ने कुुरा पक्का भएपछि हर्षको सिमानैं रहेन । त्यसपछि पार्टी पङ्तिबाट लगातार फोन र समाजिक सञ्जालबाट बधाईका सन्देशहरु आए ।
निर्वाचन आयोगले २०७९ पुस ३ गते सपथग्रहण गराउँदै प्रमाणपत्र दिएपछि भने मेरो मनमा संसदबाट धेरै जनताका समस्याहरुको उठान गर्छु र त्यसलाई कार्यान्वयन तहमा लैजान प्रभावकारी भूमिका निर्वाह गर्छु भन्ने हुटहुटी जगायो ।
पुस ७ गते पार्टीले कालो जुत्ता खैरो कोट र दौरा सुरुवाल र कालो टोपीमा आउनु र महिला राष्ट्रिय पोशाकमा उपस्थित हुन सर्कुलर ग¥यो । सोही सर्कुलर अनुसार म संसदभवन भित्र प्रवेश गरे, त्यसभित्रको दृश्यले मेरो मन मस्तिष्कमा उब्जाएको हुटहुटीले निकै चासो र कौतुहता प्रदर्शन गराइरहेको थियो ।
जताततै मर्यादापालक र कर्मचारीहरु आ आफ्नो पोशाकमा सजिएका थिएभने संसदभवन पनि त्यसैगरी सजाईएको थियो । पानीको फोहोराले संसदभवनको दृश्यले कुनै विदेशी शहरको झल्को पनि दिइरहेको थियो । जब म भित्र छिरेको थिएँ, सबैजना उठेर राष्ट्रिय गान गाउने र हामीलाई लोगो दिंदै सपथ पत्रमा हस्ताक्षर गरी बुझाईयो ।
त्यसपछि सदनमा नियमित उपस्थिति हुन थाल्यो । शुन्य समय, विषेश समय, आकस्मिक समय गरेर टाइम बिभाजन हुने रहेछ । मैंले पनि आफ्नो समयमा सिन्धुली जिल्लाका जनताका समस्या मात्रै होइन राष्ट्रिय महत्वका सवालहरु प्राथमिकतामा परे । निर्वाचनका क्रममा जनताको दैलो दैलोमा पुग्ने क्रममा भएका समस्याहरु, जनताले भोगेका कष्टकर जीवन र उनीहरुलाई त्यस प्रकारको कष्टबाट छुटकारा दिलाउने र जनताका आधारभूत समस्याहरु सदनमा सम्माननीय सभामुख मार्फत सरकार समक्ष पु¥याउने काम गरेकी छु ।
बजेट बनाउने, कानून बनाउने थलोमा हामी भएकाले जनताका समस्याहरु उठाउने क्रममा मसँग भएको हुटहुटी र जनअपेक्षाका चाँङहरु निरन्त चुलिईरहँदा मेरो र मलाई निर्वार्चित गराएर पठाउने जनताका मागहरु सम्बोधन हुन नसक्दा कता कता निराश बनाएको छ । जनताको आधारभूत समस्याहरुबाट भागिरहेको गठबन्धन सरकारले सदनलाई बिजनेश दिन पनि सकेन । सत्ता स्वार्थ अनुसार सदन चलाउने र रोक्ने कार्यले मजस्ता थ्रुपै साथीहरुको उर्जालाई तेजबोध गराउने काम गरिरहेको छ ।
विद्यार्थी राजनीतिमा लागेकी मैंले जुन उर्जा प्रतिनिधीसभा सदस्य बन्दा पैदा भएको थियो अहिले त्यो उर्जामा कमी आउन थालेको त हैन ? भन्ने प्रश्न म माथिनैं तेर्सिएको छ । म निराश भन त्यसले मलाई माक्र्सको महत्वपूर्ण भनाई संझायो पनि ।
आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई सबै भन्दा बढी खुशी मिल्ने गर्दछ । तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ भन्ने कुरा अरूले नभई स्वयं माक्र्सले भनेका थिए । सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा माक्र्सले काममा पाइने सन्तुष्टिलाई आम नागरिकको भलाइसँग जोडेर हेरेका थिए । तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति मानिन्छन् । उनको तर्क थियो–हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौं । अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुशी मिलोस् । माक्र्सले भनेजस्तै म सदनमा आफ्नो हरेक सम्वोधनमा सिन्धुलीका नागरिकका सवाल उठाउन सकुँ, निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु खरो रुपमा राख्न सकुँ । गठबन्धन सरकारले ओली नेतृत्वको सरकारले थालेको क्रमागत विकास निर्माणका योजना अलपत्र छोडेका बिरुद्ध अझ दर्बिलो ढंगले आवाज उठाउनेछु, जसले मलाई खुशी प्राप्त हुनेछ । आफ्नो जिल्लाको समस्याप्रति आँखा चिम्लेर हुँदै नभएको पशुपतिनाथको जलहरी प्रकरणको जस्तो हावादारी कुरा गरेर आम नागरिकको अगाडि हाँस्य पात्र बन्ने छैन । नेपालीहरुको महान पर्व वडादशैंको अबसरमा म सिन्धुलीवासी सम्पूर्णमा सुख शान्ति, सम्वृद्धि र प्रगतिका लागि माता दुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।