अधिकारकर्मी बबिता थापाले यस वर्षको दशैंमा टिका नलगाउने हुनु भएको छ । सिन्धुलीका अपाङग महिलाहरुको सुरक्षा, आयआर्जन र अधिकारका लागि दुई दशक अगाडिदेखी क्रियाशिल बबिता थापा (३९) ले यस वर्षको दशैंमा आफु र अन्य बहिनीहरुलाई टिका नलगाईदिने बताउनु भयो ।
आफन्तजनको निधनपछि यस वर्ष दशैंका टिका लगाउनै मन लागेन, आइतवार बिहान अर्थात वडा दशैंको महाअष्टिमीको दिन प्रदेशखबरसँग कुराकानीगर्दै सो कुरा बताउनुभएको हो ।
आफ्नै व्यवसायमा भेटिनुभएकी उहाँले मुलुकमा जारी आर्थिक संकटले गरिखाने वर्गलाई दशैं तिहार र छठ जस्तो चाडपर्व मनाउन कठिन भएको आफुले अनुभूति गरेको बताउँदै आफ्नो अबस्था अनुसार चाडवाड मनाउन हुँदा खाने वर्गलाई आपील गर्नुभयो ।
विजया दशमीले नेपालीहरुलाई एकताको सुत्रमा बाँधेको बताउँदै हुने खानेले नहुनेलाई सहयोग गरेर दशैं पर्व मनाउने अबस्थाको सिर्जना गर्न पनि सम्पूर्ण उद्योगी, व्यवसायी, कर्मचारीगायत सरोकारवाला सबैमा आग्रह पनि गर्नुभएको थियो ।
सिन्धुली अपाङ महिला संघकी कोषाध्यक्षसमेत रहनुभएकी थापा स्वयम् अपाङ्ग हुनुहुन्छ । उहाँले समाजमा रहेका अपाङ्गता भएका नागरिकलाई हेला होइन, मायाँ र ममता देखाउन आम सिन्धुलीवासीलाई अपीलसमेत गर्नुभयो । विजया दशमी २०८० को उपलक्ष्यमा उहाँले सबैमा शुभकामना व्यक्त पनि गर्नुभएको छ ।