मझुवा दोभानमा शुभकामना आदानप्रदान कार्यक्रम

सिन्धुलीः नेपाल कम्युनिष्ट पार्टी एमाले तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित वडा कमिटीले एक कार्यक्रमका बीच विभिन्न चार्डपर्व लक्षित गरेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
वडादशैं, तिहार,छठ, एकादशी तथा ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य प्रल्हाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष भुपाल सिंह लामाले प्रदेशखबरलाई जानकारी दिनुभयो । कार्यक्रममा एमाले पालिका कमिटी अध्यक्ष छत्रवहादुर दाहाल, सचिव पदममायाँ तामांग , वडाध्यक्ष भुपाल सिंह लामा र नेता गोविन्द राउतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

May be an image of 8 people
May be an image of 1 person and text