सिन्धुलीको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले विजया दशमी, दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
सिद्धबाबा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष खत्रीले आगामी शैक्षिक सत्रबाट व्याचलर लेवलको पठान पाठन गराउने घोषणा गर्नुभएको थियो । त्रधअर्डिनेटर राहुल सिंहले सिन्धुली जिल्लामैं पहिलो कलेजका रुपमा सिद्धबाबा कलेजले विद्यार्थीहरुलाई प्रमाणपत्र मात्रै होइन, ब्यवहारिक ज्ञान र शिप दिन आफुहरु सक्षम भएको बताउनुभयो ।











