सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा गुणस्तरहिन माछा मासु बिक्री भइरहेको सूचनाका आधारमा सदरमुकामका पसलहरुमा छापामारी गरेको छ ।
नगरउपप्रमुख मञ्जु देजकोटाको अगुवाईमा पशु चिकित्सिकसहितको अनुगमन टोलीले सोमवार बिहान सदरमुकाममा रहेका माछा तथा मासु पसलहरुमा अगुगमन गर्दा अस्वस्थकर माछामासु बिक्री बितरणका लागि राखिएको अबस्थामा फेला परेको हो ।

अनुगमनका क्रममा मधुटार जाने पुल छेउमा रहेको चन्देश्वर माछा पसल र रितु माछा पसलमा कुहिएको माछा बेच्न राखिएको अबस्थामा फेला परेको थियो । पुशु चिकित्सकले उक्ता गन्हाएको माछाको स्वाब कलेक्स्न गरेर परक्षणका लागि कमलामाई नगरपालका पशु शाखामा पठाएको छ । त्यसैगरी कालिमाई मन्दिर छेउमा रहेको हरि मिट आउसमा रहेको फ्रिजमा पनि खान अयोग्य गन्हाएको राँगाको मासु राखिएको अबस्थामा फेला परेको छ । उक्त गन्हाएको मासु परिक्षणका लागि नगरपालिकाले लिएको छ ।

त्यस्तै अत्यन्तै सजिसजाउ अबस्थामा देखिएको धमिजा मिट सपमा पनि नागरिकले खान अयोग्य मासु फेला परेको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालयका प्रतिनिधीसम्मलित अनुगमन टोलीले मिटसपको तल माटिएको मासु, सुली र जिउँदो कुखुरा एकै ठाउँमा रहेको अबस्थामा फेला पारेको हो । मानवस्वास्थ्यमा असर गर्ने माछा मासु बिक्री बितरण गर्नेहरुलाई कारबाहीका लागि पत्र काटिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य दाहालले प्रदेशखबरलाई जानकारी दिनुभयो । अनुगमनमा नगरप्रहरी र शाखा प्रमुखहरुको सहभागिता थियो ।
















