बागमती प्रदेशको अध्यक्षका लागि पाँच जनाको उमेदवारी दर्ता, मकवानपुरका दाहाल सबैभन्दा अगाडि, पदाधिकारीमा उमेदवारीको ओइरो

काठमाडौः नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई केन्द्रीय सदस्य र प्रदेशका बर्तमान अध्यक्षसहित ५ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको हो ।
अध्यक्षमा निष्ठावान एवम् लोकप्रिय नेता कृष्णप्रसाद दाहाल, पूर्व मन्त्री कैलाश ढुंगेल, केशव पाण्डे, केशबहादुर बुढाथोकी र काठमाडौका सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सादा जिवन र सरल व्यवहार गर्ने नेताका रुपमा चिनिएका मकवानपुरका दाहाल र रामेछाप घर भएका पूर्व मन्त्री कैलाश ढुंगलका बीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका प्रतिनिधीहरुले अध्यक्ष केपी ओलीको साथ दाहाललाई भएकाले पनि निर्वाचन प्रक्रियामा अन्य दाबेदारहरु भन्दा उनी बलिया मानिएका छन् । दाहाललाई एमालेका केन्द्रीय नेताहरुले साथ दिइरहेकाले पनि निर्वाचन प्रक्रियामा उहाँलेनैं श्रेष्ठता हाँसिल गर्ने मकवानपुरका एमाले नेता नविन सिग्देलले प्रदेश खबरलाई बताए ।

अध्यक्ष पदमा उमेदवारी दर्तापछि फोटो खिचाउँदै मकवानपुरका कृष्णप्रसद दाहाल र रामेछापका कैलाश ढुंगेल

यस्तै उपाध्यक्षमा इश्वर चन्द्र पोखरेल, सुभासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, राजेन्द्र राजथलाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी सचिवमा रत्ना गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राजकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपसचिव पुरुषतर्फ सिन्धुलीका खड्गवहादुर खत्री, डवल पाण्डे, टासी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र रमेश महर्जनले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपसचिवमा उमेदवारहरु मध्ये सिन्धुलीका खत्री बलिया उमेदवार मानिन्छन् । कमलामाई नगरपालिका सिन्धुलीका पूर्व नगरप्रमुखसमेत रहेका खत्री उत्कृष्ठ मेयरका रुपमा चिनिएका थिए ।

त्यसैगरी उपसचिवमा महिलातर्फ भक्तकुमारी लामा र गंगादेवी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । बिहिवार बिहान ११ बजेबाट पदाधिकारी र सदस्यहरुका लागि मतदान हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ । – दिपा भण्डारी, काठमाडौ