एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा, सानु श्रेष्ठ र केशर बुढाथोकीले गरे दाहाललाई समर्थन

नेकपा एमाले बाग्मती प्रदेशको जारी प्रथम अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्षका दुई प्रत्यासीले कृष्णप्रसाद दाहाललाई समर्थनगर्दै आफ्नो उमेदवारी फिर्ता लिएकाछन् ।
अध्यक्षका लोकप्रिय उमेदवार दाहाललाई काठमाडौका सानु श्रेष्ठ र रामेछापका केशर बुढाथोकीले केही समय अगाडि सर्मथन जनाउँदै आफ्नो उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी रामेछापका कैलाश ढुंगेललाई समर्थनगर्दै नुवाकोटका केशव पाण्डेले समर्थनगर्दै उमेदवारी फिर्ता लिएको प्रेस निर्वाचन मण्डलले जनाएको छ ।
अध्यक्ष लगायत पदाधिकारीमा सर्बसम्मत बनाउने निर्वाचन मण्डलको निकै लामो रस्साकस्सीपछि अन्तत अध्यक्षका लागि कृष्ण दाहाल र कैलाश ढुंगेलका बीचमा भोली शुक्रवार निर्वाचन प्रक्रिया अगाडि बढ्ने देखिएको छ । निष्ठाको राजनीति गर्दै आएका नेता दाहाललाई बागमती प्रदेशका पूर्व सभामुख समेत रहेका काठमाडौंका एमाले नेता सानु श्रेष्ठ र रामेछापका केशर बुढाथोकीले समर्थन गरेपछि निर्वाचनमा ढुंगेल भन्दा दाहाल अगाडि देखिएका छन् ।
यस अगाडि एमालेका बागमती इन्चार्ज गुरू बराल नेताहरू आनन्द पोखरेल, डोरमणि पौडेल, खेम लोहनी लगायतले उम्मेदवारी दर्ता गुजार्न र कैलाश ढुंगेललाई समर्थन गर्न भन्दै केशब पाण्डेलाई प्रदेश कार्यालयमै थुनेर राखेपछि उनले वारेश मार्फत निर्वाचन कार्यालयमा अध्यक्ष पदका दागि उम्मेदवारी दर्ता गराएको बिबरणहरु सार्वजनिक भएको थियो ।

निर्वाचनको पर्खाइमा एमाले मुख्यालय च्यासलमा बसेका कार्यकर्ताहरु । फोटोः प्रदेशखबर
May be an image of 15 people, lighting and crowd
May be an image of 11 people